Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हल–हलमा पूजा र बेनिशा

महाशिवरात्रि तथा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रिलिजमा आएको फिल्म ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ । बिहानी शोबाटै दर्शकको उच्च साथ पाएको यो फिल्मले दिवा र रात्रीकालिन शोजमा दर्शकको आक्रामक साथ पायो । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्म हेर्नका लागि महिलाहरूको उपस्थिति हलमा बाक्लो देखियो । शुक्रबार दिनभर काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलहरुमा पुग्दा फिल्म हेर्ने दर्शकको चाप उच्च देखिएको छ । बीग मुभिज, लाबिम मल, सिभिल मल, एफक्यू, वान सिनेमाज्देखि अष्टनारायण हलमा समेत दर्शकको उपस्थिति बाक्लो देखियो । फिल्म हेर्न हल पुगेका अधिकांश दर्शकले यसको विषयवस्तु, कमेडी र कलाकारको अभिनयको तारिफ गरेका छन् । लामो समयपछि मनोरञ्जन र गम्भीर विषयले भरिएको फिल्म हेर्न पाएको भन्दै उनीहरुले तारिफ गरे । आज दिनभर नै नायिकाद्धय पूजा शर्मा र बेनिशा हमाल काठमाडौंका हलमा पुगेका थिए । उनीहरूसँग तस्विर खिचाउन दर्शकको भीड बाक्लो देखियो । काठमाडौंको अष्टनारायण हलमा लामो समयपछि दर्शकको अकुपेन्सी उच्च देखिएको थियो ।
आज फिल्मले आक्रामक व्यापार गरेपछि भोलिका लागि केही हलमा शोज बढेको वितरक करण श्रेष्ठले बताए । काठमाडौं बाहिर भने कम शोका बाबजुद पनि फिल्मले राम्रो व्यापार गरेको निर्माणपक्षले बताएको छ । वितरक करणले भने–‘यदि, यो फिल्मले सोलो रिलिजको अवसर पाएको भए थुप्रै व्यापारिक रेकर्ड तोड्ने रहेछ ।’ रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अन्सु महर्जन लगायतको अभिनय रहेको फिल्मको भोलि शनिबार पनि आक्रामक व्यापार हुने प्रक्षेपण गरिएको छ ।