Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हवाई प्राधिकरण फुटाउने तयारी

काठमाडौं । आगामी भाद्र २ देखि ६ गतेसम्म नेपालमा आइकाओमा सम्मिलित एसिया प्रशान्त क्षेत्रका हवाई प्राधिकरणका महानिर्देशकहरुको सम्मेलन आयोजना हुँँदैछ । नेपालको उड्डयन क्षेत्रलाई युरोपेली युनियनले कालोसूचिमा राखेको समयमा हुन लागेको यो सम्मेलनले कस्तो उपलब्धी हासिल गर्ला त्यो भने प्रतिक्षाको विषय बन्दैछ । नागरिक उड्डयन प्राधिकरणमा क्षमता र योग्यता भएका भन्दा भ्रष्टाचारले पुरिएका, राजनीतिक रुपमा गन्हाएकाहरुकै बिगबिगी भएकाले त्यो संस्था यतिखेर बद्नाम हुँदै गएको छ । जुन उद्देश्यले नागरिक उड्डयन प्राधिकरण बन्यो त्यसले अफ्नो उद्देश्य होइन, हवाई ग्राउण्ड बनाउने नाममा समेत भ्रष्टाचार चम्काउने लक्ष्य राख्दा नै नेपाली आकाश आईकाओले निर्धारण गरेको उडान सुरक्षा मापदण्डलाई ग्रहण गर्न नसकेको हो । प्राविधिक प्राविधिकहरूको टिम भएर पनि बारम्बार विववादमा पर्ने र प्राधिकरणलाई स्वायत्त निकाय बनाउन नसक्ने चरित्रहरूले राजनीतिक हस्तक्षेपको थलो त्यो संस्थालाई बनाएका छन् ।

जुन संस्था स्वायत्त हुनु पथ्र्यो । स्व. रविन्द्र अधिकारीको नाममा लुट्ने र प्राधिकरणभित्र गुटबन्दी खडा गर्ने प्रदीप अधिकारी मात्र होइनन्, नेपाली काँग्रेसका कार्यकर्ता भएको दाबीगर्ने उडान सुरक्षाा हेर्ने हाकीम भएका बेला कहिले एयरपोर्टमै विमान चिप्लेका घटना, कहिले मन्त्री चढेकै हेलिकोप्टर दुर्घटना भएको स्थितिलाई सामान्य ठान्ने राजन पोखरेल जस्ता विद्वानहरूकै कारण पनि प्राधिकरण सच्चा प्राधिकरण बन्न नसकेको हो । प्राधिकरणका असक्षम र लुटाहाको रुपमा स्थापित सञ्जिव गौतमले बनाएको च्यानलमा प्रदीपअधिकारी,राजु केसीको सक्रियता छ । यही गिरोह हो दिपक मलहोत्रालाई एयरपोर्टको जमिन सुम्पेर आफू धनाढ्य बन्न लालायित जहाँ मलहोत्रा समूहले लुटिरहेको छ, प्राधिकरण हेरिरहेको नेपाली उडान युरोपेली युनियनले गरेको प्रतिबन्दका बारेमा नेताहरुले धेरै बोले । तर त्यो प्राधिकरणको टिम मुख खोल्दैन । किनकि सुरक्षित हवाई अवतरण यो गिरोहको लक्षित योजनामै छैन ।

आइकाओले शंकागर्नु युरोपेली युनियनले नेपाली उडान स्वीकृत नदिनु युनियन आवद्ध देशले नेपालमा जहाज बेच्नु जस्ता आपसी कटुताका विषय राजनीतिक तहबाट उजागर गर्न पनि प्राधिकरणको टीम असफल छ । उडन जोखिम न्युनिकरणको योजना फितलो छ । जहाँ हिजो यिनै पोखरेल थिए । प्राविधिकहरूको पाटो भएकोले यस्तो विषय राजनीतिज्ञले भाषण गरेर हुँदैन । मौसमको ख्याल नगर्दा पाइलटले पनि प्राधिकरणमाथि प्रश्न उठाइदिएकाछन्् । सन्दिप गौतम महानिर्देशक हुँदा प्राविधिक पद जस्तो फितलो थियो राजन पोखरेल महानिर्देशक हुँदा फरक नहुने संकेत देखिएको छ । जबकि उनले आफ्नै टिमबीचमा प्राधिकरण सुधारका बारेमा छलफल गरेका छैनन् । प्रदीपअधिकारी जस्ता कतिपय एमालेका लुटाहा बोकेर यिनै दौडिँदै छन् । लुम्बिनी एयरपोर्टको विषयमा छिमेकी भारतले प्रश्न उठाउँदैछ । पैसा पाएपछि अपराधीले सहजै प्रवेश पाउने नेपालको एयरपोर्टको निगरानी गर्ने नेपालको परिवेशको ख्याल नगर्ने राजन पोखरेलहरू कति दिन काँग्रेसको निर्देशनमा चल्छन् र सरकारलाई हवाई उड्डयनको क्षेत्रमाअसफल सावित गर्छन् त्यो विषय गम्भीर बन्दैछ । सञ्जिव गौतमको गिरोहले प्राधिकरण फुटाउने र त्यहाँ आफ्नै नेतृत्व लिन सक्ने गरी विधि, प्रक्रिया बनाउँदैछ । राजनपोखरेलत्यही बाटोमा लागेका छन् । हिजो पोखरेलले उडान सुरक्षा हेर्थे ।

उनी आफैंले उडान र नियमन एउटै टीमले गर्नु हुन्नभन्ने पक्षमा छन् । सरकारले यो निकायलाई स्वायत्तता दिएको पनि छैन । त्यही प्रतिस्पर्धाका आधारमा हवाई उड्डयनका विज्ञहरूको प्रवेश छैन । यही प्राधिकरणले वायुसेवा निगम र निजी हवाई कम्पनीहरूबीचमा ठूलो भेदभाव गर्दै आएको छ । आफ्नै देशको उडान सुरक्षामा गम्भीर नहुने ठूला विमानस्थल बनाउन बढी चासो दिने प्रवृत्ति हामीकहाँ छ । साना विमानस्थलको स्तर सुधारिएकै छैन । निजी कम्पनीका जहाज सजिलो जहाँ छ व्यापार जहाँ बढी हुन्छ त्यहाँ उडान गर्छन् । निजीले छाडेको अप्ठ्यारो स्थान वायुसेवाको भागमा पर्छ । सरकारकै सहभागितामा वायुसेवाका जहाज थन्को लागेका छन् । काभ्रेका नागिडाँडामा लोकल एयरपोर्ट बनाउने हल्ला पनि चल्यो ।

कमिशनको लागि त्यो हल्ला चलाइयो वा आवश्यकता प्राधिकरण बोल्दैन । जहाँ रामेश्वर थापाको स्वार्थ जोडिएको थियो । मौलिकता झल्काउने नाममा तस्करहरूलाई सरकारी सम्पत्ति सुम्पेर आफैं मस्ती गर्न पल्केका सन्दिप गौतम गिराहले सफाईका नाममा अग्र्यानिक तरकारी र कपी, चिया विदेश पठाउन धेरै अपराध गरीसकेको स्थान हो त्रिभुवन एयरपोर्ट । अन्तर्राष्ट्रिय एयरपोर्ट पोखरा, लुम्बिनी बनेपछिको तेस्रो चरण निजगढ हुँदा हुँदै काभ्रेमा स्थानीय एयरपोर्ट कति उपयुक्त छ । जबकि भोलि कतिथ बुटीक एयरपोर्टकै निम्ति विमानहरूको खाँचो पर्न सक्छ । वायुसेवा निगम मरे पनि निजी विमान कम्पनीलाई परिचालन गरेर प्राधिकरणले आफ्नो कार्यक्षेत्र विवस्तार गर्छ भन्ने विश्वास भने देखिँदैन । जबसम्म त्यो संस्था राजनीतिक दाउपेचमा चल्छ तबसम्म त्यहाँ प्राविधिकहरूको खञ्चुवा टीम सक्रिय रहन्छ ।