Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हातहतियार तथा लागूऔषध सहित पक्राउ

सुनसरी । बर्जु गाउँपालिका-३ अमडुवाबाट हातहतियार र लागूऔषध सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका(५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन् । उनीहरुको साथबाट मेड इन यूएसए लेखेको पेस्तोल १ थान त्यसको म्याग्जिन २ थान तथा गोली ३ राउण्ड, नियन्त्रित लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, लागु औषध डाईजेल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।