Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हातहतियार विष्ट पक्राउ

भोजपुर । भोजपुर नगरपालिका(१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका(५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, मोबाइल २ थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामान सहित फेला पारी बिष्टलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।