Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हातहतियार सहित पक्राउ

पाल्पा । निस्दि गाउँपालिका-३ मोहरीया बस्ने ६१ वर्षीय लाल बहादुर बिकलाई भरुवा बन्दुकको नाल र वड १ थान, फाईरिङ पिन ५ थान, हम्बर ३ थान, बारुद ५० ग्राम, छर्रा २ सय ग्राम, पेचकस २ थान, रेती ७ थान, फलाम काट्ने आरी १ थान र काठ काट्ने आरी १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले आफ्नै घरमा भरुवा बन्दुक बनाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभन्ज्याङबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।