Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हातहतियार सहित बमबहादुर पक्राउ

कास्की । माछापुच्छ्रे गाउँपालिका-२ खम्राङ बस्ने ४८ वर्षीय बम बहादुर तामाङ लगायत ४ जनालाई विभिन्न हातहतियार सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको घरमा राखेको ३ नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाईभ राउण्ड, सर्टगनको ३ थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, १ थान भरुवा बन्दुकको बट, करिब ५ केजी सतुवा र २ थान भरुवा बन्दुकको नाल बेसाबुत अवस्थामा फेला पारी उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।