Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले आफूहरूलाई राजा नचाहिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलाई राजा नचाहिने प्रष्ट पारेका हुन् । नेता कोइरालाले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको भने बताए । ‘अब राजा हामीलाई चाहिँदैन, उनले भने, हिन्दुराष्ट्रको पक्षमा चाहिँ म छु । उनले राजाहरूको नाम उच्चारण नगरेरै पटक–पटक अवसर दिँदा पनि दुरुपयोग गरेको जिकिर गरे । अब पनि राजाले अवसर पाए दुरुपयोग नगर्ने कुनै गरेन्टी नभएको कोइरालाको भनाइ थियो । राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौँ, डा कोइरालाले भने, उसले दुरुपयोग गर्यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ?
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल