Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हामी हिजोका निरंकुशतावादी जस्तै भयौ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरुमा क्रान्ति, सिद्धान्त र आदर्शप्रतिको निष्टा हराउँदै गएको बताएका छन् ।
निरंकुशतावादीका विरुद्ध लडेका कम्युनिस्टहरु अहिले आएर पद, प्रतिष्ठाका लागि हिजोका निरंकुशतावादीजस्तै भन्दै गएको पनि प्रचण्डले टिप्पणी गरे ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित दिवंगत कम्युनिस्ट नेतृ तथा पूर्व मन्त्री सहाना प्रधानको ५ औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि विचार, आदर्श र निष्टाबाट विस्तारै स्खलित भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।
‘सत्तामा पुगेपछि हामीहरु कम्युनिस्ट विचार, आदर्श र निष्टाबाट विस्तारै, थाहै नपाइकन स्खलित हुँदै जाने प्रक्रिया देखिएको छ, प्रचण्डले भने, नाम त हाम्रो कम्युनिस्ट पार्टी नै छ, तर हामी साँच्चै कम्युनिस्टै जस्ता छौं त अहिले । व्यक्तिगत जीवनका शुख सुविधाहरुलाई त्यागेर जेल, नेलसहितको कष्टकर जीवन व्यतित गर्न रमाउने कम्युनिस्टहरु अहिले सुविधाभोगी बन्दै गएकोप्रति पनि प्रचण्डले चिन्ता व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले अब विचार, राजनीति, रणनीति तथा संगठनात्मक जीवन पद्दति के हुने भन्नेमा स्पष्ट हुनु पर्ने उल्लेख गरे । भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौं । तर, के हामीले समाजवादको यात्रा शुरु गर्ने योद्धा जस्तै छौं त हामी । प्रचण्डले भने, या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता, या विस्तारै विस्तारै हिजोका निरंकुशतावादीको जस्तै जस्तै त बनेका छैनौं ।


सम्बन्धित समाचार

३२ जना सहसचिवको सरुवा ( सूची सहित )

२०८१ असार ३

ताजा नेपाल

१७ अंकले घट्यो सेयर मार्केट

२०८१ असार ३

ताजा नेपाल

अध्यक्ष बिहिन हुदै धितोपत्र बोर्ड

२०८१ असार ३

ताजा नेपाल