Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हारपछि सुरेन्द्रले भने, मलाई केन्द्रीय सदस्यमा मनोनित नगरियोस्

काठमाडौं । एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि पर्याप्त मत अभावमा जित्न सकेनन् । नेपाल प्रेसको सम्पर्कमा उनले प्राप्त मतप्रति सन्तुष्ट रहेको बताए । उनले महासचिवमा ९९९ र केन्द्रीय सदस्यमा ९६१ मत पाएका थिए । केन्द्रीय सदस्यमा जित्न १११५ भन्दा बढी मत चाहिन्थ्यो । महासचिव जितेका पोखरेलले १२२८ मत ल्याए । यदि उनले केन्द्रीय सदस्य जितेको भए स्थायी कमिटी सदस्यका रूपमा पार्टी काम गर्थे । तर, त्यस्तो सम्भावना न्यून छ । एमालेको विधान अनुसार केन्द्रीय सदस्य पदमा मनोनीतको व्यवस्था छ । यद्यपि उनी मनोनीत भएर केन्द्रीय कमिटी सदस्य हुने चाहना नभएको बताउँछन् । महासचिवमा प्रतिस्पर्धा गरेको हुँ, साथीहरूले दिनुभएको मतमा सन्तुष्ट छु, उनले भने । यद्यपि मनोनीतबाट केन्द्रीय सदस्यको रुचि नरहेको बताए । भने, म ग्रासरुटमा पार्टी काम गरेर आएको हुँ, फेरि पनि मैदानमै डट्छु, मलाई मनोनीत गर्नुपर्दैन । उनले आफूले पाएको मतले पद जित्न नसके पनि देशभरका प्रतिनिधिको मन जित्नुलाई आफ्नो सफलता मानेको बताए । म पार्टीको सही नीति, विचार र कार्यक्रममा उत्तिकै दृढतापूर्वक उभिन्छु, गलत कुराको प्रतिवाद गरिरहनेछु, उनले भने ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल