Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फोक्सोमा समस्या देखिएपछि बरिष्ठ हास्यकलाकार मनोज गजरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल आइसीयूमा भर्ना गरिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए ।
त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए । तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उनले फेसबुकमा स्टाटस लेखेका थिए । आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको उनले जानकारी दिएका थिए ।
अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले अवस्था धेरै गम्भिर नरहेको बताए । गाम्नाङेले भने,‘धेरै ठूलो समस्या होइन, सामान्य पनि होइन । ठिक हुन्छ । एकदमै राम्रोसँग उपचार भइरहेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल