Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राप्रपाका सांसदले बहिष्कार गरेको संसद बैठकको हिजोको भत्ता नलिने भएको छ । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका छन् । बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक वहिष्कार गरेको थियो । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल