Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणलाई धरासायी बनाउने हितेन्द्र शाक्यका दूतले प्रशासन विभागमा बसेर कार्यकारी निर्देशक कुलमान घिसिङलाई संकट पारेका छन् । प्राधिकरण भित्रको आन्तरिक व्यवस्थापन चुस्त बनाउन प्रशासन विभाग महत्वपूण मानिन्छ तर त्यहाँ असक्षम चरित्रका रुपमा परिचित हितेन्द्र शाक्यका दूतका रुपमा लोकमणि लुइटेलको शासन चलेको छ ।
कुलमान घिसिङको आगमनसँगै सुचना बिना बत्ति जाने आउने क्रम केहि दिन रामै्रसँग चल्यो । पूराना ट्रान्समिसन लाइनहरु मर्मत गर्ने कुरा प्राधिकरणले पहिलो प्राथमिकतामा राख्नु पर्ने अवस्था छ । आफ्ना उत्पादन जतिसुकै भए पनि महङ्गोमा भारतबाट विद्युत लिने र नेपालको उत्पादक सस्तोमा भारतलाई नै बेच्ने राष्ट्रवाद हिजो निकै जागेको थियो । तर अहिले उर्जा मन्त्री पम्फा भूषालले प्राधिकरणको आन्तरिक व्यवस्थापन सुधार र नयाँ योजनाहरुको तर्जूमा गर्न जोड दिइरहेकी छिन् । तर प्रशासनीक तहबाट गर्नु पर्ने काम हितेन्द्रका दूतले अड्काउन थाले पछि कार्यकारी निर्देशक घिसिङले आफ्ना योजनाहरु लागू गर्न सकिरहेका छैनन् । प्राधिकरण भित्रको भ्रष्टाचारको जालो चिर्न त्यसको आन्तरिक व्यवस्थापन बुझेको प्राविधिकको जरुरी पर्दछ ।
कुलमानलाई कुशल व्यवस्थापक र सक्षम इन्जीनियर भएकै कारण नेपाली जनताले ओली सरकारकै समयमा समय थप्न माग गरेका थिए तर तत्कालीन प्रधानमन्त्रीलाई कुलमानले रिझाउन नसक्दा उनको दोस्रो कार्यकाल सुरु हुन पाएन । ओली सरकारकै कारण नेपाल भारत विद्युत सम्झौतामा प्राधिकरणको हित भन्दा भारतीय स्वार्थलाई जोड दिएको स्मरण गर्नेहरुलाई कुलमानको टिममा लोकमणिको सडयन्त्रले काम गरेको महशुस गर्दछन् ।
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल