Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिन्दू धर्ममाथि छरिएका मन्द विष

 

हिन्दूत्व संरक्षण र प्रबद्र्धन गर्ने रे!
रामपाल हिन्दू हो कि होइन ?
ब्रह्मकुमारी राजयोग हिन्दू हो कि होइन ?
लि·भैरवी हिन्दू हो कि होइन ?
ॐ शान्ति हिन्दू हो कि होइन ?
कृष्ण प्रणामी हिन्दू हो कि होइन ?
साईबाबा हिन्दू हो कि होइन ?
कतिवटा संगठन र संस्थाको नाम लेखौ ?
यी माथि उल्लेखित सम्प्रदायले हिन्दूकै धर्मशास्त्रलाई आधार बनाएर आफू अनुकुल एउटा पात्र उठाएर विभिन्न अर्थ लगाएर आफ्नै शास्त्र लेखेका होइनन् ? हिन्दूका धर्मशास्त्र प्रयोग गरेर जथाभावी मुल अर्थको अनर्थ लाग्ने गरि शास्त्र बङ्याइन्छ र ती किताब प्रयोगमा ल्याउने बित्तिकै जो पनि हिन्दू बन्छ भने देखावटी बिरोध किन गर्नु यी सम्प्रदायको ? गल्तिलाई गलत भन्न सक्नुपर्छ चाहे यसले गरोस् या त्यसले गरोस् । बिष भनेको थोरैले नै सिध्याउँछ गाग्रीभरीको बिष चाहिन्न । स्लो पोइजन झन् खतरापूर्ण होला ।
एउटा उदाहरण लिऔ न सुगौली सन्धिको । त्यो ओरिजिनल सन्धिको हस्ताक्षर गरेको कागज कुन दुनियाँमा कुन देशसँग छ ? त्यो सन्धिमा भएका बुँदामा के थियो ? जुन अहिले इन्डियाले यो यो बुँदामा हस्ताक्षर भएको थियो भनिरहेको छ के साँच्चै तिनै बुँदाहरू हुन् कि अरु नै थिए ? जबसम्म ओरिजिनल पत्र भेटिन्न हामी सबै अन्यौलमा बसेर यहि थियो भनेको भरमा मानिदिनु पर्ने स्थिती छ । यसको अर्थ कुनै दिन हाम्रा मुलग्रन्थहरू हराए भने अहिले नक्कल गरेर छापिएको गलत पुस्तक सबैको हातमा पर्नेछ र त्यो नै सक्कल धर्मग्रन्थ हुनेछ । आखिर मिसन अनुसार धर्मशास्त्रमा केही थप्नु र झिक्नु अनि आफ्नो सम्प्रदाय अनुकुल बनाउनु भनेको सक्कली धर्मशास्त्र छाँयामा पारेर आफ्नो नक्कली किताबलाई संसारभरी फैलाउनु होइन र ?
जिजसको बारेमा लेखेको बाइबलको बिरोध फेरि जिजसको बारेमा लेखेको अर्को पुस्तकको समर्थन किन ? यो सम्प्रदायको गीता त्यो युनिभर्सिटीले पढाउने भयो रे! अनि यसमा खुसी भैदिनुपर्ने रे सबै । हिन्दूको पाचौं वेद भनेर चिनिने महाभारतको एउटा पर्वको श्रीमद्भगवत गीता होइन इस्कोनको भगवत गीता पढाइन्छ त्यहाँ जुन डुप्लिकेट किताब हो । आज इस्कोनको, रामपालको कपिराइट लागेका पुस्तक पढ्नेहरूले यसैलाई पछ्याउँदै जानेछन् । जुन सम्प्रदायले जिजसलाई हिन्दूको धर्मशास्त्रमा राखेको छ त्यही सम्प्रदायले विभिन्न वेदका ऋचालाई अनुवाद गर्दा कति गल्ती गरेको छ त्यसको आधिकारिकता माथि कसले औंला उठाउने ? कि ए वेदकै ऋचा रहेछ जे लेखे नि हिन्दूकै हो भन्ने त होला नि । इन्डियाले स्कन्धपुराणबाट हिमवत्खण्ड र मानसखण्ड हटाएपनी यिनिहरूलाई ठिक, जिजसको बारेमा लेखे पनि ठिक, र मोहम्मदको बारेमा लेखे पनि ठिक, हिन्दूलाई नै हिन्दूकरण गर्दा पनि ठिक, हजारौं हिन्दू लुट्ने संघसंस्था पनि ठिक, सबै ठिक मात्र आधार चाहिँ हिन्दूशास्त्र हुनुपर्यो । गीतामा श्रीकृष्णलाई जिजसको मुक्तिदाता हो भनेर लेखिएको छ भने भोलि श्रीकृष्णको मुक्तिदाता जिजस हो भनेर लेखेमा मात्र ज्वालामुखी फुट्ने होला होइन त ? किनकी जिजस भन्ने पात्र गीतामा लेखेर उसलाई सानो बनायो भने मोहम्मदलाई कृष्णभक्त देखाएर गीतामा लेखियो भनी त्यो सहि हुने रहेछ ।
आफ्नो शास्त्रमाथि कुनै सम्प्रदायले कपिराइट लगाएर बङ्याएर व्यापार ब्यवसाय गर्छ र बिरोध गर्नुहुन्न भने अरु सम्प्रदायको बिरोध गर्ने कुनै पनि अधिकार छैन तिमीहरूलाई । आफ्नो नैतिकस्तरमा अडिग नरहेपछी के को समर्थन किन गर्नुपर्यो ? के को बिरोध किन गर्नुपर्यो ? भोलि तिम्रा हाम्रा सन्तानकै हातमा पर्ने होइन ती पुस्तक ? आज पनि कति घर र परिवार होला जसको घरमा यथारूप श्रीमद्भगवत गीता छैन तर रामपालको गीता तिम्रो ज्ञान अमृत छ । उनीहरूको लागि सन्त कबिर नै परमेश्वर हो । उनीहरूको लागी जिजस क्राइस्ट शाकाहारी हो । हाम्रा सन्तानका हातमा ओरिजिनल पुस्तकको सट्टा यस्ता पुस्तक पुगे भने उनीहरूले कसलाई मान्ने ? धार्मिक सहिष्णुताको पाठ हिन्दूलाई मात्र लाद्ने भनेर दिनदिनै बिरोध गर्दै पोस्ट हालेको होइन ? जिजसलाई गीतामा राखेपछी जिजसलाई पनि सम्मान गर किनकी कृष्णभक्तको बिरोध त गर्नै मिल्दैन नि । अब जिजसको बिरोध नगरेपछी बाइबलको बिरोध त गर्नैहुन्न । धर्म निरपेक्षता लादियो हिन्दूलाई मात्र धार्मिक सहिष्णुता बनाउन पश्चिमाले फण्डिङ गरेको छ भन्नेहरू नै धर्म निरपेक्षताबादी र धार्मिक सहिष्णु भएछन् ।
कसैलाई लाग्दो हो, यो कति नकारात्मक कुरा गर्छ ? हामी सबै बैदिक सनातनि हिमवतखण्ड्का हौं र हामी प्रकृति पुजकले बुझ्न जरुरि छ । अब तपाइँहरू नै भन्नुहोस; मैले सकारात्मक कुरा चाहिँ कसरी गरौं ? के गरौं ? यो देशका धेरै चर्चित मान्छेहरू इन्डियाकै दलाल छन् अनि तिनको गुणगान गाएर मैले सकारात्मक कुरा गरौं ? शैव भुमि नेपालका अधिकांश पत्रकार, पुर्ब आर्मी, पुर्ब प्रहरी, कर्मचारी, शिक्षक,कलाकार, विश्लेषक नेता सबै इन्डियाकै दलाल छन्,औकात बिहिन छन्, अनि तिनको गुणगान गाऔं ? शैव भुमिलाई, ऋषिहरूको भुमि नेपाललाई समाप्त पार्न दिन रात न भनि कोहि परिचालित ब्यक्ती लागिपरेका छ्न । बिभिन्न बाहाना लिएर कसैको स्वार्थ पुरा गर्न दोकान खोलेर बसेका छन हाम्रो पबित्र भुमिमा । यो देब भुमिमा फोहोरको डंगुर थुपार्ने इन्डियन रामपाल जस्ता धेरै कम्पनि का धार्मिक नेताहरू छन् अनि मैले त्यस्लाई त्यो फोहोर हैन है त्यो त सफा हो भनौं ? कि फोहोरलाई फोहोर हो टाढा बस, त्यस्लाई सफा गर भनौं ? धार्मिकतामा एकताको बिगुल संगै फुके पनि राष्ट्रियता र सिमानाको बिषयमा कठोर र अतिबादी नै छु । स्मरण रहोस धार्मिक मिठा र चिप्ला कुरा गरेर हामी नेपालीलाई सत्य छोपेर झुटले ठिक्क पारेको कुरा सुन्दा, अकबरी सुनलाई ओझेलमा पारेर पित्तलको जलप लगाएर बेच्नेलाई सहि कसरी भनौं ? सिक्किम इन्डियन कम्पनिले २–४ जाना लेन्डुपेहरू खडा गरेर बिलय गरायो त्यसै गरि नेपालमा पनि इन्डियनहरूले २–४ जाना लेन्डुपेहरू खडा गरिसकेका छ्न । तिनिहरूका कम्पनि र तिनिहरूलाइ चिन्न जरुरि छ । हाम्रा कुरा सत्य हुन्छ, तितो हुन्छ र कठोर हुन्छ । सुन्दा नकारात्मक नै सुनिन्छ तर हाम्रा कुरा बुझे त्यस्को परिणाम सकारात्मक हुन्छ । ।
पख्नुस् ! सबै चिज हुन्छ । धैर्य गर्नुस् । केही न केही त पक्कै हुन्छ । सबै नकारात्मकलाई गर्ल्याम गुर्लुम ढालेर अघि बढ्ने दिन पनि आउँछ तर अहिलेलाई चाहिँ सक्दो लड्ने नै हो, सक्दो नंग्याउने नै हो … । युद्ध धर्मको, युद्ध राष्ट्रियताको, युद्ध सत्यताको, युद्ध अस्तित्वको…. ।
एक अज्ञानी व्यक्ति सम्झेर यस प्रश्नको उत्तर इमान्दार भएर दिनुहोला ..!!
१) सन्तोष आचार्य गुरुले भन्नुभएको कुरामा म एक्दम सहमत छु । हो अमेरिकन विदेशी खैरेलाई प्रभावित गर्नको निम्ति ख्रीष्टलाई जोडेर यथारूप गीता लेखियो तर हाम्रो पूर्वीय दर्शमा भगवान् कृष्ण बुझाउन जिससको टेवा लिनुपर्ने के आवश्यक र बाध्यता हामीलाई पर्यौ ?
२) पश्चिम र मध्य पूर्व एसियामा एक ईश्वर बादी अब्रहामिक विचार धारा छ । होला त्यहाँको व्यक्तिलाई प्रभावित तुल्याउनको निम्ति इस्कोनले गीता यथारूपमा ‘कृष्ण बाहेक अरु देवता होईन भन्ने विचार धारा अनुरूप गीता प्रचार गरे … भगवन शिवलाई समेत उनीहरूले मझष् नयम अथार्त आधा मात्रै भगवान् भन्ने गर्छन् .. तर पूर्वीय क्षेत्रमा (नेपाल ÷भारतमा) आएर पनि कृष्ण दर्शन बुझाउनको लागि त्यो एकल देव बादी प्रथा छोड्न नसक्नुको कारण के हो ?
३) आदमको करङबाट आएको हब्बा भनेर महिलाको आत्मा हुँदैन भनेर व्याख्या गर्ने बाईबल र महिलालाई खेती भन्ने कुरान अर्थात् पुरुष प्रधान विचार धारा बोकेर त्यही अनुसार गीतालाई ढालेर लेखेको कृति नेपाल र भारत जुन पूर्वीय दर्शनको श्रोत हो त्यहाँ यो विचारधारा युक्त गीता बाढेर सुक्षित गराउनुको तात्पर्य के ? के यहाँ ईसाई र अब्रहमिक विचार धारा न लादीकन गीता, कुरान, रामायण अपुरो छन् त ? के यसलाई मैले कृष्णको नाम देखेर ख्रीष्टको प्रवर्द्धन र प्रचार गरेको भनेर किन नमानौं ? यहाँले मेरो र आम सनातनी मित्रहरूको संका प्रति प्रति उत्तर दिनै पर्छ ।