Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमालयन बैंकका तीन संस्थापकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
बैंकको आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता सेयर तीन जनाले बिक्री गर्न लागेका हुन् । बैंकका संस्थापक सेयरधनी प्रदिप कुमार बिडारीले ३५ हजार ९८० कित्ता, प्रभा गोयन्का भीमसरीयाले १४ लाख ५१ हजार १८४ कित्ता र जस्मिन तन्डुकारले ५२ हजार ९१० कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । ३५ दिन भित्र कुनै आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिने बैंकले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

इजरायल र लेबनानबीच युद्धविराम

२०८१ मंसिर १२

ताजा नेपाल

प्रदेशका माननीयलाई एमालेको डण्डा

२०८१ मंसिर १२

ताजा नेपाल