Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमालयन बैंकले बढायो नाफा

काठमाडौं। हिमालयन बैंकले गत वर्षको भन्दा ६.८६ प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले तीन महिनाको अवधिमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६४ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो।
खुद व्याज आम्दानीमा भने खासै सुधार हुन सकेन। यस्तो आम्दानी एक अर्ब ३१ करोड रुपैयाँ छ। व्याज खर्चको तुलनामा व्याज आम्दानी बढ्न नसक्दा बैंकको खुद व्याज आम्दानी सुधार हुन नसकेको हो।
तीन महिनाको अवधिमा निक्षेप संकलन र कर्जा विस्तारमा सन्तुलन कायम गरेको छ। असार यता एक खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७० करोड रुपैया ऋण लगानी गरेको छ।
गत वर्ष एक खर्ब ९ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड रुपैयाँ कर्जा विस्तार गरेको हो।
चुक्ता पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड रुपैयाँ छ। पुँजीकोष अनुपात थप बढेर १४.०८ प्रतिशत पुगेको छ। खराव कर्जामा सुधार गर्दै १.१६ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ।


सम्बन्धित समाचार