Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमालयन रिु को आईपीओ मंसिर २७ गतेदेखि

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि पुस १ गतेसम्म आइपीओ निष्काशन खुला गर्ने भएको छ ।
यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री खुला गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा बिक्री गर्न लागेको हो ।
६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
सर्वसाधारणका लागि छु्टाइएको उक्त शेयर २४ लाख ९० हजार जनाले आवेदन दिए भने सबैलाई १०–१० कित्ताका दरले पर्ने सम्भावना रहन्छ । हाल १२–१३ लाखले आईपीओका लागि आवेदन दिंदै आएका छन् । तसर्थः उक्त कम्पनीको आईपीओका लागि २० कित्तासम्म आवेदन दिनु उपयुक्त देखिन्छ ।


सम्बन्धित समाचार