Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्ने बाटो खुलेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ र पुनर्बीमा कम्पनीमालाई २० अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । नेपालमा हाल २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले २० अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले एक वर्षभित्र अर्थात् २०८१ माघ महिनासम्म नेपाल र हिमालयन रि लाई २० अर्ब पुँजी पुर्याउन भनेको छ । पूँजी वृद्धिको योजना दुई पुनर्बीमा कम्पनीलाई पेश गर्न निर्देशन दिएपश्चात् हिमालयन रि इन्स्योरेन्सले भने बोनस सेयर बाँडेर हकप्रद निष्कासन गर्ने योजना पेश गरेको छ । हिमालयन रि इन्स्योरेन्सले गत आवको मुनाफाबाट ४ प्रतिशत दरको ४० करोड रुपैयाँ बराबरको बोनस वितरणपछि हकप्रद जारी गर्ने योजना बनाएको छ । बोनसपश्चात् कायम हुन आउने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँबाट कम्पनीले १ः०।८० अनुपात अर्थात ८० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले सेबोनमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति पेश तयारी गरेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल