Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । १३ दिनपछि हिरासमुक्त भए पनि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले स्वास्थ्य अवस्थामा सुधार नभएका कारण अस्पतालमै रहने पारिवारिक स्रोतले जनाएको छ । ओलीको आगामी मंगलबार पत्थरीको शल्यक्रिया गर्ने तयारी चिकित्सकहरूको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीको स्वास्थ्यमा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए । ओलीको सुगर अस्वाभाविक बढेको र थाइराइडको पनि समस्या देखिएको थियो । पत्थरी समेत देखिएपछि चिकित्सकले शल्यक्रिया गर्दाका जोखिमबारे परामर्श गर्न समय लागेको थियो । ओलीलाई आजै पत्नी राधिका शाक्यको जिम्मा लगाएर प्रहरीले छाडे पनि अस्पतालले पनि डिस्चार्ज नदिने भएको छ । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सोमबार अपरेशनका लागि आइतबार भर्ना गर्न ल्याउँदा हुने नहुने चिकित्सकसँग परामर्श गरिने बताए । स्वास्थ्यका विभिन्न समस्या आएका कारण सबै डिपार्टमेन्टको सहमति लिनुपर्ने र त्यस्तो सम्भावना कम छ । उहाँको इच्छा पनि घरमै आराम गर्ने छ । तर डाक्टरहरूले के भन्नुहुन्छ भन्ने कुराले केही टुंगो लागेको छैन, उनले भने ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल