Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हुण्डी कारोवारमा संलग्न पक्राउ

पर्सा । बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई श्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार सुगौली बजार बस्ने २२ वर्षीय बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र सोही ठाउँ बस्ने ३० वर्षीय सहिद आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त चोकमा सवारी साधन तथा पैदलयात्रुहरु जाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंजतर्फ बिआर ०५ एस ३७९२, बिआर ०५ बि १४४४ र बिआर ०६ एआर ३७८९ नम्बरका मोटरसाइकलमा आउँदै गरेका उनीहरुको साथमा उक्त रुपैयाँ फेला पारी ३ वटै मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।