Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेटौंडा र पर्सामा ७ कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका दुईरदुई जना र सर्लाहीका एक जना छन् ।वीरगञ्ज ३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन् । नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि दुईदिनपछि अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार उपचारको क्रममा सोमबार बिहान पौने १ बजे उनको मृत्यु भयो । बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

वैशाख ३० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई भोलिपल्ट उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको छ । बारा जिल्ला घर भएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । बैशाख २७ गते गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई बैशाख २९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको कोभिड संयोजक दासले बताएका छन् । सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

जेठ ३ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा सोमबार बिहान पौने ७ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालको कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका हुन् । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजेको समयमा मृत्यु भएको हो । त्यस्तै थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बजेको समयमा मृत्यु भएको उनले बताएका छन् ।

केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि थप उपचारका लागि हेटौंडा अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको थियो । योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३४ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल