Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेलमेट नलगाउने पारसको बोली नै छुद्र

काठमाडौं । राजसंस्था कायम थियो भने देशले पारस शाहको दादागिरी सहेर बस्न बाध्य हुन्थ्यो । तर गणतन्त्र आएपछि सर्वसाधारण बनेका पारसले बेला बेला चलाएका काण्ड पनि सहेरै बसेको छ । पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई दुर्व्यवहार गरे । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए । हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले बताए । ‘हेलमेट लगाउनुस् भन्दा धेरै बोलेपछि हामीले केही बेर होल्ड गरेका हौँ’ ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले भने–‘प्रहरीमाथि हातपात भएको अवस्था छैन तर, बोलीचाहिँ छुद्र थियो ।’

ट्राफिक नियम उल्लंघन गरेर मोटरसाइकल चलाएका पूर्वयुवराज पारस शाहले ड्युटीमा खटिएका ट्राफिक प्रहरीसँग भनाभन र तानातान गरे। ट्राफिक प्रहरीले हेलमेट नलगाई हिँडेका शाहलाई रोकेपछि उनी प्रतिवादमा उत्रेका थिए । तनाव बढ्दै गएर नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले शाहलाई कुनै कारबाहीविनै छाडेको छ । चक्रपथस्थित महाराजगन्ज चोकको ट्राफिक व्यवस्थापनमा सदाझैँ शुक्रबार साँझ पनि ट्राफिक प्रहरी व्यस्त थिए । चोकमा बलेका ट्राफिक लाइटको संकेत पछ्याउँदै ट्राफिक प्रहरी सवारीसाधनलाई आउजाउको निर्देशन दिइरहेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल