Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेलिकप्टरमा बादल मकवानपुर

मकवानपुर । गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा आईपुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका थिए । गृहमन्त्री थापाका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । गृहमन्त्री थापा सत्तारुढ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । एमाले निकटकै बुद्धिजीवीका रुपमा चिनिने डा. देवकोटाले माओवादी, काँग्रेस र माधवनेपाल समूहका तर्फबाट उम्मेदवारी दिएका हुन् । बादलले सूर्य चिन्हबाट र देवकोटाले हँसिया हथौडा चिन्हबाट चुनाव लड्ने छन् । जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् । यसअघि गृहमन्त्री थापा यही प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । माओवादी पार्टी छाडेर एमालेमा लागेपछि उनको पद खोसिएको हो । र, यही रिक्त स्थानमा बादल एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । उनी उमेद्वार त बने तर जित्ने सम्भावना कम छ । किनकी बादल जस्ता वैचारिक विचलनमा गएका नेताहरुलाई मत दिएर नेपाली जनताको शिर गिराउन जनप्रतिनिधिहरु चहादैनन् ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल