Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

होलीमा सावधानी अपनाउन आग्रह

काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफैँ सचेत हुनुपर्ने चिकित्सकले सुझाव दिएका हुन् । होलीमा भीडभाड हुने, पानीमा भिज्दा रुघा खोकीको सम्भावना बढ्ने हुँदा होलमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका हुन् ।
होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोला बताए । अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ । सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै पानी नखेल्न पनि सुझाव दिएका छन् । यस वर्षको होली फागुन २६ गते परेको छ । तराइका जिल्लामा भने होलीको रौनक शुरु भइसकेको छ ।