Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ह्याम्समा कोरोना देखिएपछि महामन्त्रीकाे स्वाब टेकुमा

काठमाडौं । ह्याम्स अस्पतालको रिपोर्टमा चित्त नबुझेपछि कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमणको आशंकामा पुनः स्वाब संकलन गरी सरकारी प्रयोगशालामा पठाइएको छ । कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो समेत आएको उनको सचिवालयले जनाएको छ । सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनले महामन्त्री कोइरालाको रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको बताए । तिवारीले महामन्त्री कोइरालाको रिपोर्ट आउनेवित्तिकै सार्वजनिक गर्ने समेत बताए ।