Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ह्वाइट हाउसमा स्वस्ती शान्ति

अमेरिका । कोरोना भाइरस संक्रमणका कारण अमेरिका नराम्रोसँग प्रभावित भइरहँदा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शान्तिपाठ गरिएको छ । हिन्दू धर्म दर्शनमा महत्वपूर्ण मानिएको र चार वेद मध्ये यजुर्वेदमा उल्लेख गरिएको शान्ति पाठको ऋचा ब्राह्मणद्वारा पाठ गराइएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर ह्वाइट हाउनमा शान्तिपाठ गर्न लगाएका हुन् । न्यू जर्सीस्थित स्वामी नारयण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले ट्रम्पको आग्रहका उनको सामान्य विश्व शान्तिको कामना गर्दै मन्त्र वाचन गरेका हुन् । मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए ।

ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए । ट्रम्पले भने, हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ। हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।


सम्बन्धित समाचार