Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

०७५ जेठ २ मा फर्किएला त एमाले ?

काठमाडौं । यसबीचमा केही जालझेल र षड्यन्त्र भएन भने एमालेको एकता निरन्तर हुने देखिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले ०७५ जेठ २ गते नै फर्कनेबारे सहमति गर्ने निश्कर्ष निकालेको छ । यसको लागि अध्यक्ष ओली र नेपाल बसेर कार्यदल बनाउने सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनले आजको वार्ता गम्भीरतापूर्वक अघि बढेको पनि सुनाए । आजको छलफलमा ओली पक्षबाट अध्यक्ष ओलीसहित नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी थिए । नेपाल पक्षले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा अघि नै सबै माग पूरा हुनुपर्ने अडान लिएको छ ।