Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१०० भन्दा कम सिटमा काँग्रेस मान्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा १०० सिटभन्दा कममा गठबन्धन हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले सुन्दरहरैंचामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले १०० भन्दा कम सिटमा कांग्रेसले प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन्। अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि सिट संख्या १०० बाट घटाउन नसकिने उनको भनाइ थियो। कोइरालाले कांग्रेस एक्लै पनि निर्वाचनमा जान सक्षम रहेको बताए। उनले भने,‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सकक्षम छ। परिस्थिति अनुकूल नभएकोले गठबन्धन गर्नुपरेको हो।’
गठबन्धनका अन्य घटक दलले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने कोइरालाले स्पष्ट पारे। पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेरमात्रै सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ छ।