Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१०३९ थपिँदा, ११७३ निको भएर घर फर्किए, राजधानीमा बढ्दै छ सक्रमण

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ७३ जना कोरोनालाई पराजित गरेर घर फर्केका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । बितको २४ घन्टामा पीसीआर ९ हजार १८५ जनाको भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ ।

उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।