Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । १० वर्ष जेल बसेपछि मानिसको मति सुध्रनु पर्ने हो तर कोही त्यस्ता व्यक्ति हुन्छन् जसको दिमागमा अपराध मात्रै घुमिरहेको हुन्छ । मोरङमा गएराति धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। मंगलबार राति उर्लाबारी नगरपालिका ५ मा २१ वर्षीय कुशल दाहालको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनको ढाडमा धारिलो हतियार प्रहार गरेको गहिरो चोट छ, जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले भने, मंगलबार साँझ धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको हो। उनको हत्या स्थानीय सुवास तामाङले गरेको आशंका प्रहरीले गरेको छ। दाहाल उर्लाबारी ४ का स्थायी बासिन्दा हुन्। उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै रहेको सुवास तामाङको घरमा मंगलबार साँझ ६ बजे उनीमाथि धारिलो हतियार प्रहार भएको देखिन्छ, डीएसपी बस्नेतले भने, उनी किन तामाङको घरमा गएका थिए, खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ। उनीहरुबीच के विषयमा विवाद हुँदा घटना भयो नखुलेको बस्नेतले बताए। घटनापछि तामाङ भागेको छ। हाम्रो अनुसन्धानले हत्यामा तामाङको मात्रै संलग्नता रहेको देखाएको छ, उनले भने। छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई सुरुमा उपचारको लागि उर्लाबारीस्थित गोदाबारी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक हुँदै उनलाई राति बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएको थियो। तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरेर करिब पाँच महिनाअघि मात्रै जेलबाट छुटेका व्यक्ति भएका डीएसपी बस्नेतले बताए। तामाङले २०७१ असोज ८ गते राति ढुंगाले हानेर उर्लाबारी २ का नविन राईको हत्या गरेका थिए। राईको हत्या कसुरमा १० वर्ष कैद सजाय भुक्तान गरेपछि उनी करिब पाँच महिनाअघि मात्रै जेलबाट छुटेका थिए।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल