Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

११६ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

काठमाडौं । केही समय सुस्ताएको कोरोना संक्रमणको दर फेरि उकालो लागेको छ । जनस्वाथ्यको मापदण्डका सवालमा जिम्मेवार राजनीतिक दलहरुबाटै हेलचेक्य्राइ भइरहेको छ । नेपालमा ११६ जना कोरोना संक्रमितहरु विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८९ कोरोना संक्रमित आईसीयूमा र २७ भेन्टिलेटरमा गरी कुल ११६ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्। यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचारत छन्। गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै सुदुरपश्चिममा १ जना आईसीयूमा उपचाररत छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल