Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

११ समूहको प्रतिवेदनमाथि नेकपामा छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत हुँदैछ । समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन आज पनि शीर्ष नेतृत्वसामु प्रस्तुत हुदैछ । यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन । ११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु हुने बैठकमा आज पनि विभिन्न सूहका नेताहरुले समूह सदस्य दिएको सुझावका आधारमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।
बैठकले समुहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गरिनेछ । बैठकले नेकपाको प्रस्तावित महाधिवेशनको मितिकाबारेमा आवश्यक निर्णय गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निर्क्यौल गर्नेछ ।
एमसीसी र पोलिटब्यूरो गठनका बिषयमा भने पार्टी सचिवालयलाई नै निर्णय गर्ने गरी छाडिने तयारी भएको बुझिएको छ । बैठक आइतबार समापन हुनेछ ।