Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१२४६ कोरोना संक्रमित थपिँदा १२४३ संक्रमण मुक्त

काठमाडौं । कोरोना संक्रमित बढ्ने क्रममा बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा घटेको हो । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार ६४१ जनाको भएको छ ।