Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१२ सय नेपालीले भने स्वदेश फर्कने फारम

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्दार थाल्ने तयारी गरिरहेका बेला अष्ट्रेलिया र न्युजिल्याणमा रहेका १२ सय नेपाली स्वदेश फर्कन तयार भएका छन् । कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डमा अप्ठ्यारोमा परेका १२ सय नेपालीले तत्काल नेपाल फर्कन माग गर्दै क्यानबेरास्थित नेपाली दुतावासले उपलब्ध गराएको फारम भरेका छन् । सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध गरेपछि क्यानवेरास्थित नेपाली दूतावासले गत मे २९ तारिखमा नेपाल फर्कि हाल्नुपर्ने कारण खुलाएर अनलाईन फारम भर्न सूचना जारी गरेको थियो । फारम भर्ने अन्तिम दिन जुन २ तारिख साँझ ५ बजेसम्म १२ सय जना नेपालीले नेपाल फर्कन माग गर्दै अनलाईन फारम भरेको राजदूत महेशराज दाहालले जानकारी दिए ।

उनीहरूलाई अब विभिन्न चरणमा उद्दार गरिने बताइएको छ । मार्च २५ तारिखदेखि अष्ट्रेलियाले अन्तराष्ट्रिय उडान बन्द गरेर लकडाउन सुरु गरेको थियो । हवाई उडान बन्द भएपछि कार्यक्रममा भाग लिन आएका, छोराछोरी भेट्न आएका तथा विभिन्न भिजिट भिसामा आएका नेपालीहरु अष्ट्रेलिया र न्युजिल्याण्डमा फसिरहेका छन् ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल