Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मोरङ । मोरङको लेटाङ नगरपालिका क्षेत्रमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा संलग्न रहेको आरोपमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानी प्रसाद लम्साललाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार २०८३ साल कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित नाच कार्यक्रम हेरेर घर फर्किने क्रममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्ने सूचना प्राप्त भएको थियो । उक्त घटनाबारे मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली परिचालन गरी घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिको पहिचान भएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो ।
प्रहरीले घटनापछि फरार रहेका लम्साललाई मंसिर ५ गते पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मेकेन्द्र कुमार मिश्रद्वारा जारी प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उल्लेख छ । नाबालिग बालिकासँग सम्बन्धित संवेदनशील घटनाका रूपमा रहेको यस विषयमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ ।
२०८३ मंसिर ८
ताजा नेपाल
२०८३ मंसिर ८
ताजा नेपाल
२०८३ मंसिर ८
ताजा नेपाल