Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१३ वर्ष अघि विवाहमण्डपमै मान्छे मार्ने पक्राउ

काठमाडौं । सुनसरीको चाँदवेलामा विवाहमण्डपमा सामान्य विवाद हुँदा हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले १३ वर्षपछि पक्रेको छ ।सुनसरीको वक्लौरी–६ घर भएका तुलसी चौधरी र मिङ दोर्जे शेपा उर्फ टाइसनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जनाएका छन् । ०६४ वैशाख २८ मा विवाहका जन्ती गएका सुनसरी एकम्वा–७ बस्ने सुरेन कुमार ठाकुरलाई विवाहमण्डपमा स्वयंवरको बेला अगाडि उभिएको निहुँमा उनीहरुले छुरा प्रहरी गरे । उपचारको क्रममा सुरेनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
जिल्ला अदालत सुनसरीले ०७१ साउन २९ मा कर्तव्य ज्यान मुद्धामा उनीहरुलाई दोषी ठहर गर्दै चौधरीलाई २१ वर्ष ६ महिना र टाइसनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनीहरु फरार भएका थिए ।
अदालतलको फैसलापछि फरार शोर्पालाई रामधुनी नगरपालिका–६ बाट र चौधरीलाई इनरुवा नगरपालिका–४ बाट पक्रउ गरिएको हो । उनीहरुलाई अदालतको आदेशले झुम्का कारागार चलान गरिएको छ । हत्यामा संलग्न एकजना अझै फरार छन् ।