Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१५ दिनमा झण्डै ५ अर्ब घाटामा निगम

काठमाडौं । इन्डियन आयल कर्पोरेशन आइओसी ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ। आइओसीले बिहीबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलयमा ६.५२, डिजेलमा १९.०३ र हवाइ इन्धनमा प्रतिलिटर १९.९१ रूपैयाँ बढेको छ। भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रटिलिटर पेट्रोलमा ३१.२८, डिजेलमा ३७.१६, हवाइ इन्धन (आन्तरिक) मा २.७० र एलपी ग्यासमा ७५१.१४ रूपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ।
हवाइ इन्धन बाह्य र मट्टितेलमा केही नाफा भए पनि आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड घाटा हुने निगमको भनाइ छ।