Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१५ सय ४७ मावि शिक्षकका लागि जागिर खुल्यो

काठमाडौं । कोरोना कहरले उद्योगधन्दा धरासायी भएर भएको रोजगारी पनि गुमाउनु पर्ने अवस्थामा पुगेको बेला शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

यस्तो छ विज्ञापन