Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१५ हजारमा र्याल चुहाउँदा इन्सपेक्टरको जागिर धरापमा

काठमाडौं । सानोतिनो रकममा पनि र्याल चुहाउँदा छँदाखाँदाको जागि गुमाउनेको संख्या ठूलै छ । घुस सानो ठूलो भन्ने हुँदैन । तर मान्छेको लोभी मन पैसा देखेपछि थामिँदैन । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताएका छन् । सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए । डिएसपी घनश्याम श्रष्ठको रिपोर्टीङका आधारमा तानिएका शर्मालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयले हेड्क्वार्टरलाई लेखेको थियो ।