Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१६ लाखले ज्यान गुमाउँदा झण्डै पाँच करोडले कोरोना पछारे

एजेन्सी । विश्व महामारी कोरोनाले लाखौं मानिसको ज्यान लिएको छ । तर त्यो भन्दा करोडौं मानिसले कोरोना पराजित गरी जीवन पनि पाएका छन् । विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड १९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ४ करोड ९६ लाख २५ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९९ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड १४ लाख नाघेको छ । विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख नाघेको छ ।
बितेको २४ घण्टामा १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख ३८० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । हाल विश्वमा २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ६१८ जना गम्भीर बिरामी छन्।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६२ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।


सम्बन्धित समाचार