Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१७ जना सवार जीप दुर्घटना, ६ जनाको मृत्यु

तनहुँ । तनहुँको बन्दिपुर ६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । ग १ ज ६५५५ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ सडकबाट करिब दुई सय मिटर खस्दा एउटै गाउँका बालिकासहित चारजनाको घटनास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ । बन्दिपुर ६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर ६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापासहित सोही ठाउका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया शुसिलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस्तै, दुर्घटनामा परी घाइते भएका ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । जीपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको अध्यक्ष थापाले बताए । प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय उद्धारमा खाटिएका थिए । दुरघटना के कसरी भएको हो भन्ने विषयमा अनुसन्धान गर्ने र चालकको खोजी भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।