Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१७ लाख भारु सहित प्रकाऊ

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका १ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र।०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल