Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१७ वर्षपछि फेरि ‘सिन्दूर’ बनाउँदै प्रज्ञा

काठमाडौँ । सिन्दूर नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ वर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन्
सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मूर्हूतमा चलचित्र कलाकार संघका पुर्व अध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रज्ञा जोशीले नै सिरियलको मुर्हत सट दिएकी थिइन् ।

यस अगाडि पनि प्रज्ञाले नै सिन्दूर नामबाट सिरियल बनाएकी थिइन् । जसको निर्देशन योगेश घिमिरेले गरेका थिए । अहिलेको ‘सिन्दूर’ भने विनय राज पौडेलले निर्देशन गर्न लागेका हुन् ।

अहिलेका पुस्ताको विषयवस्तुमा सिरियल सिन्दूर निर्माण हुने अभिनेत्री प्रज्ञाले बताइन् । उनले पहिले झैँ दर्शकको साग अहिले पनि पाउने विश्वास व्यक्त गरिन् ।

निर्देशक पौडेलले निर्माता प्रज्ञाको आफूप्रति रहको निर्देशिय विश्वास टुट्न नदिने बताए । उनले १२ वर्ष अगाडि सिन्दुर फिल्मबाट सहायक निर्देशक बनेको स्मरण गर्दै अहिले ‘सिन्दूर’ नामक सिरियल निर्देशन गर्न पाउँदा निकै खुसी रहेको बताए । पौडेलले निर्देशकको जिम्मेवारी दिने प्रज्ञा प्रति आभार व्यक्त गरे ।

प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगायत कलाकार अभिनय रहनेछ ।

मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत रहेको टेलिसिरियलमा सम्राट थापाको संगीत छ ।

मुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने, मधुसुदन भट्टराई, सुन्दर श्रेष्ठ, प्रदीप भारद्धाज, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, उपाध्यक्ष कुबेर गिरी, महासचिव रघुनाथ सापकोटालगायत थुप्रै व्यक्तिको उपस्थित थियो । सिरियलको लेखक पनि निर्देशक पौडेल हुन् । टेलिसिरियलको छायाँकन अर्कोसाताबाट सुरु हुने निर्देशक पौडेलले बताए


सम्बन्धित समाचार