Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या घटे पनि ज्यान गुमाउनेको संख्या भने बढिनै रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिँदा २८ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ। आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ।
२८ जना संक्रमितको ज्यान गयो
नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि मंगलबार २४ जनाको मृत्यु भएको थियो।
२०८१ आश्विन २३
ताजा नेपाल
२०८१ आश्विन २३
ताजा नेपाल
२०८१ आश्विन २३
ताजा नेपाल