Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१ लाख जम्मा गरेर डेढ करोड लोन लिएर पचाउन खोजे रबिले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो ।

यसअघि लामिछानेले सरकारी ठगी प्रकरणमा प्रहरी समक्ष आफू ५ वर्ष सञ्चारकर्ममा रहँदा कहीँकतै शेयरलगानी तथा ऋण लगानी नगरेको इन्कारी बयान दिएका थिए । गितेन्द्रबाबु जीबी राई र छविलाल जोशीबिचको सहकार्य र सम्बन्धबारे आफूलाई जानकारी नभएको पनि उनको भनाइ थियो ।

वित्तीय तथा आईटीमा जीबीले कसैको हस्तक्षेप नचाहने, कम्पनीमा उनैले ऋण उपलब्ध गराएको र नगद प्रवाह आवश्यक पर्दा असुरक्षित कर्जाका नाममा जीबीले नै नगद प्रवाहको कर्जा व्यवस्थापन गर्ने बयान लामिछानेको थियो ।

त्यही कारण लेखापरीक्षणमा पनि अध्यक्षको असुरक्षित कर्जा भनेरै उल्लेख हुने लामिछानेको भनाइ थियो । जीबीले नै चालु पुँजीको व्यवस्था गर्ने हुँदा कम्पनीबाट पुँजी आउने र जाने प्रक्रिया स्वाभाविक भएको लामिछानेले बयानमा बताएका थिए ।

आफ्नो लोकप्रियता देखेर जीबीले नै १५ प्रतिशत शेयर बिना लगानी उपलब्ध गराउने प्रस्ताव गरेको तथा मिडियामा लगानी ल्याउने प्रक्रियामा आफ्नो कुनै हात नभएको दाबी उनको थियो ।

तर जिल्ला सरकारी वकिलको कार्यालयले कर्जा अभिलेखमा लामिछानेले ऋण लिएको प्रमाण रहेकाले इन्कारी बयान खण्डित भई कसुरमा संलग्न रहेको पुष्टि हुने दाबी गरेको हो ।

अनुसन्धानका क्रममा ५ वटा तथ्य अगाडि आएको दाबी गर्दै अभियोग पत्रमा ती प्रमाणहरू पनि पेस गरिएको छ ।

लामिछानेको नामको ००१–०१५४६१ ग्राहक नम्बर र खाता नम्बर ००१–००१–०२–००११६४२ को केवाईसी अध्ययनका क्रममा २०७८ साउन १८ गते सदस्य बनेको देखिएको छ ।

सदस्य बनेकै दिन उनले १ लाख रुपैयाँ खातामा जम्मा गरेको भेटिएको अभियोग पत्रमा उल्लेख छ ।

त्यसको भोलिपल्ट नै अर्थात् साउन १९ गते १२ प्रतिशत ब्याजदरमा २०८२ साउन १८ गतेसम्मका लागि बागमती ठेगाना उल्लेख गरी हकदारको नाम निकिता पौडेल र बुवाको नाम लालचन्द्र उल्लेख छ ।

ऋण लिने दिने क्रममा लामिछानेको नाममा १९ गते नै सानोपाइलामा १ लाख रुपैयाँको शेयर कायम भएको पनि देखिएको छ । लामिछाने साउन १८ गते सानोपाइलाको सदस्य बनेको र १९ गते उनले गोर्खा मिडियाको खातामा जम्मा हुनेगरी भुक्तानी गरेको दाबी अभियोग पत्रमा गरिएको छ । उनको ग्लोबल आईएमई बैंकको खाताबाट २९ गते नै करोड ४७ लाख ४८ हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।

यस्तै गोर्खा मिडिया नेटवर्कको बैंक खातामा भएको कारोबार विश्लेषण गर्दा सानो पाइलाबाट १० करोड ६ लाख रुपैयाँ ऋण लगानी भएको देखिनुबाट लामिछाने कसुरदार पुष्टि हुने दाबी अभियोग पत्रमा गरिएको छ । अभियोग पत्रमा नै सरकारी वकिलको कार्यालयले रविको सदस्यता, ऋण लिएको र जम्मा गरेको चेकलगायतका विवरण समेत राखेको छ ।

यसरी सानोपाइला सहकारीबाट लामिछानेको नाममा गोर्खा मिडिया प्रालिमा १ करोड ४७ लाख, जीबी र छविसहित संयुक्त रूपमा ३ करोड २ लाख रुपैयाँ गएको देखिएको दाबी अभियोग पत्रमा गरिएको छ । लामिछाने गोर्खा मिडिया प्राविको सञ्चालक प्रबन्ध निर्देशक र शेयर सदस्य रहँदा एकल र संयुक्त रूपले गरी १० करोड रुपैयाँ बढी अपचलन भएको र बिगो ११ करोड ५६ लाख रुपैयाँको दाबी अभियोग पत्रमा गरिएको छ । जुन मुद्दा आइतबार दायर भएको हो।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल