Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२०७७ सालका उथल पुथल र विवादीत घटना क्रम

घटना क्रम : १

काठमाण्डौ । २०७७ साल धेरै चर्चाको शिखरमा रहयो । विषेश न्यालयले गरेको फैसला कोरोना महामारीबाट प्रवाभित न्यालयले कार्तिक पछि भने गति लियो । लकडाउनका कारणले चैत १५ देखि कार्तिकसम्म धेरै सर्वसाधारण आम नागरिक अदालत जान सक्ने अवस्था रहेन । कार्तिकदेखि मुद्दाको चाप बढ्यो । कोरोना महामारी सम्बन्धी मुद्दा मात्र हेरिरहेको नेयालयमा राजनीति उथलपुथलका घटनाहरु ठोकिए । सत्ता रुट दल नेकपाको आन्तरिक जुँगा र पदको विवादका कारण केपि शर्मा ओलीले संसद विघटन गरे । गएको ५ पुसमा संसद विघटन पछि १३ मुद्दा सर्वाेच्चमा दर्ता भए । त्यही मुद्दाको फैसला गर्दा गर्दै २ महिनाको अन्तरमा संसद पूर्ण स्थापना गर्ने फैसला आयो ।

घटना क्रम : २

नेकपाका उपाध्यक्ष बामदेव गौतमको विषयले पनि सर्वाेच्चमा राम्रै प्रवेश पायो । सर्वाेच्च अदालतले राष्ट्र समा सदस्यमा मनोनित नेकपा उपाध्यक्ष बामदेव विरुद्ध परेका दुई फरक निबेधन माथि सुनुवाइ गर्दै बाटो खुल्ला गरिदिए । प्रधानन्यायधिस चोलेन्द्र शम्सेर जवरा सहित न्यायधिसहरु दिपक कुमार कार्की, हरि कृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र इश्वर प्रसाद खतिवडाको संवैधानिक इजालासले सुनाइ गर्दै गौतमलाई राष्ट्र सभा सदस्य हुने बाटो खुल्ला गरिदियो । तर संवैधानिक इजालासका न्यायधिस इश्वरी प्रसाद खतिवडाको फरक मत रहयो । प्रतिनिधि सभा निर्वाचनमा पराजितलाई सहि अवधिमा मनोनयनबाट संसदमा ल्याउनुलाई संवैधानिक नैतिकता उल्लंघन भनी फरक मत राख्दै असहमति राखे । सर्वाेच्चको संवैधानिक इजालासबाट राष्ट्र सभा सदस्यमा गौतमको नियुक्तिको औचित्य सम्बन्धी निवेदनमाथि आदेशमा फरक मत राख्दै संविधानद्वारा आत्मसात् गरिएको मुल्य मान्यता वा दर्शन प्रतिकूल काम गर्न नहुने मत राखेका थिए । गत २९ भदौको मन्त्री सिफारिसको आदारमा १ असोजमा राष्ट्रपति विद्द्या देवि भण्डारीले मनोनयन गरेको थिइन् । त्यस विरुद्ध पनि अदालतमा मुद्दा दायर भएको थियो ।

घटना क्रम : ३

गत २३ मंसिरमा जिल्ला अदालत सुन्सरीले एकतर्फी सुनुवाइ गर्दै हनुमान मन्दिर आश्रमका सिद्ध बाबा भनिने कृष्ण बहादुर गिरीलाई वलत्कार आरोपबाट विवादीत सफाइ दियो । पिडीतको कितानी जायरीका साथै आरोपलाई स्थापित गर्ने चार प्रमाण हुदा हुदै न्यायधिस अर्जुन कोइरालाको इजालासले सफाइ दिएको थियो । साधानाको लागि भनेर आश्रम बोलाइ सिद्ध बाबाले मलाई बलत्कार गरेको भनि १ महिलाले १० पुस २०७६ मा प्रहरी जायरी दिएकी थिइन् । अनुसन्धानपछि प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

घटना क्रम : ४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई गत मंसिर २८ मा विषेश अदालतले भ्रष्टचारको आरोपमा आयुक्त दिप बस्न्यातलाई परुपक्ष थुनामा राख्न आदेश दिएको थियो । ललिता निवास जग्गा प्रकरणमा मुख्य आयुत्तका रुपमा उनलाई थुनामा राखिएको हो । बस्न्यातमाथि आफ्नो क्षेत्र अधिकार नहुँदा समेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहिका नाममा बाढ्ने प्रस्ताव मन्त्री परिसदमा लगेको आरोप थियो ।

घटना क्रम : ५

सर्वाच्चले एकै खाले नाम भएका दूई दल बिचका विवाद निरुपण आदेश दिएको थियो । फागुन २३ मा सर्वाच्चका न्यायधिसहरुले ऋसी कट्टेलको नेकपालाई मान्यता दिदै नेकपा एमाले र माओवादी बिच पार्टी एकता भंग गरि एमाले र माओवादी केन्द्रलाई ब्यूताउने आदेश दिएको थियो । जो आदेशका कारण राजनिति उथलपुथल आई दुई धारका कम्युनिष्टहरु छुट्टा छुट्टै बस्न बाध्य भए ।