Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२० वर्षपछि भेट भयो शिब र गौरीको

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’को बिहीबार राजधानीमा मुहुर्त गरिएको छ । फिल्ममा शोभित बस्नेतको निर्देशन रहनेछ । फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराजको अभिनय रहनेछ । निर्देशक शोभितले फिल्म पारिवारिक कथामा बन्ने बताए । उनका अनुसार फिल्मका लागि तीन नायिका र एक नायक केही दिनमा फाइनल हुनेछन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ । ७५ दिनको छायांकन तालिक रहेको फिल्म काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिनेछ ।