Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२१ हजार मतले पौडेल जित्लान् ?

काठमाडौं । देशमा आर्थिक संकट छ पनि भन्ने राष्ट्रमा लुट चम्काउन पनि छाड्ने नेपाली काँग्रेसमा डा. शेखर कोइराला चम्केका छन् । काँग्रेसलाई एक सय टिको भारी बोक्ने रहर पूरा गर्ने यी शेखर ०७४ सालको चुनावमा १६५ सीटमा काँग्रेसका उम्मेदवार बन्दा २३ सिट जितेर संघीय संसदमा दोस्रो त थियो । तर सरकार उसको कल्पना बाहिर थियो । कम्युनिष्टको एकाधिकार कम्युनिष्टले नै तोडेका कारण काँग्रेसलाई सरकारको नेतृत्व लिने मौका मिल्यो । तर त्यो नेतृत्व केपी ओलीको एकाधिकारवाद तोडेर आफैं पनि उही बाटो लिन पुग्यो । अरुको साथ लिने आफू नसघाउनेलाई कसैलाई पत्याउँदैन । काँग्रेसभित्र महाधिवेशनमा हारेको रिस देखाएर डा. शेखर कोइराला गठबन्धन भाँड्न तम्सेका छन् । उनको दम्बले संस्थापन पक्षलाई लछार्ने जस्तो छैन । डा. शेखर समूहको नाउमा फूर्ति लगाउनेहरूले अर्जुन नरसिंह केसी, डा. रामशरण महत, जस्ता सेता हात्ती रामचन्द्र जस्ता देउवाको पछि लागेर टिम छाडेका नेताका लागि स्वार्थको गठबन्धन जरुरी छ । काँग्रेसको शेखर समुहले महामन्त्री उपसभापति सहमहामन्त्रीका केही पद हात लगाएको अवस्था छ । तर डा. शेखरलाई पार्टीको वरियतामा पदाधिकारीहरू भन्दा दल रहनुपर्दाको पीडा पनि छ । त्यो पीडा रामचन्द्रमा पनि छ । किनकि पौडेललाई वरिष्ठ नेता स्वीकारेर सभापति पछि वरियतामा रहेको देखिएको थिएन । पौडेल एमालेको ओली गुटले तहसनहस बनाएको देश कम्युनिष्टकै २ समूह र जसपालाई लिएर के केन हुन्छन् भन्नेमा थिए । तर अहिले अ‍ोली गुटको लुटलाई स्थानान्तरण गरेर प्रम पत्नी डा. आरजु देउवाहरूको रमाइलो हेरेर पौडेल दिक्क भएका छन् ।
केन्द्रमा डा. शेखरले हल्लाएको काँग्रेस तनहुँ गोविन्दराज एक्लैले हल्लाएका छन् । भ्रष्टाचार मुद्दामा १६ वर्षदेखि अदालती प्रक्रिया टुंगो नलाग्दा जोशी उम्मेदवार हुन पाउँदैनन् । छोरा दिपकराज जोशी व्यास नपाको मेयर पदमा एमालेको गठबन्धनमा उम्मेदवार भएर पराजित भए । तर उनले पुन मतगणनाको माग राखेर अदालत गए । त्यो नै उनको लागि बार बन्यो । जोशी यस पटक चुनाव लड्ने अवस्थामा छैनन् । तर उनले उठाउने वा समर्थन गरेका उम्मेदवारले रामचन्द्रलाई २१ हजार मत कटाउन कठिन हुनेछ । तनहुँ क्षेत्र नं. १ मा २१ हजार मत ल्याएर संसद भइँदैन । सत्ता गठबन्धनले संघीय संसदमा काँग्रेस प्रदेशमा माओवादी र समाजवादीलाई सीट भाग लगाउँदै थियो । डा. शेखर कोइरालाले नेतृत्वलाई चुनौती दिने अभियान चलाएका छन् । राष्ट्रघात देशघात, जनहत्या बेथिति अत्याचार गरेर नेतृत्व असफल भएकोले दरबारले संसद भंग गरेको हो । डा. शेखर कोइराला वंशीय सत्ता निरन्तर चाहन्थे । किनकि उनी पनि एमालेको केपी ओलीको देवत्वकरण जस्तै काँग्रेसभित्र कोइराला वंशको हैकम जोगाउन चाहन्थे । तर त्यो चाहना पूरा भएन । चुनावमा साथ खोज्ने आफू साथ नदिने स्वार्थीलाई जनताले चिन्छन् । डा. शेखरलाई आफ्नै एकाघरका भाई डा. शशांक कोइराला र सुजाता कोइरालाले समेत मन पराएनन् । अर्थात् १४औं महाधिवेशनमा डा. शेखरसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधिसम्म अटेनन् । कुरा आदर्शका गर्ने तर सम्बन्ध भारतको निर्देशनमा अगाडि बढ्ने शेखरहरू भने त्यहाँ धेरै छैनन् । काँग्रेसका नेता भन्दा ठूला अमरेशकुमार सिंह समेत यस पटक भागवण्डामा पर्ने सम्भावना छैन । सय सिट काँग्रेसले नपाए गठबन्धन भत्किने धम्की दिइएको छ । काँग्रेस एक्लिए केही हुँदैन । सत्ताभित्रै वामपन्थी गठबन्धन बन्न सक्छ । त्यो गठबन्धनले काँग्रेसभित्रको ब्रम्हलुट जोगाउनु छ । देश लुटेर राज्य श्रोत ध्वस्त बनाउन काँग्रेस सक्रिय छ । यस्तो लुटमा प्रधानमन्त्रीका स्वकीय सचिव, पत्नी डा आरजुको हस्तक्षेपले प्र्रहरीलाई समेत आलोचित बनाएको छ ।