Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२२४ जनामा कोरोना संक्रमण, उपत्यकामा ३८

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना
काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।