Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२४ घण्टामा थपिए ७४ हजारबढी संक्रमित, ५ हजार २२८ को ज्यान गयो

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको अवधिमा ७३ हजार १३४ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये २ लाख ७८ हजार ५३४ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ९२ हजार ८४७ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४७ हजार ४५९ को अवस्था गम्भीर छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।
२४ घण्टामा थप ३० हजार ३३१ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ८७१ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार २५५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६३६ जनाको मृत्यु भएको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल