Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गत २४ वर्षदेखि नेपालमा २६ वटा जहाजहरु दुर्घटना भएका छन् , ४१० जनाको ज्यान गएको छ । २०८० सालमा मात्रै दुई वटा जहाज दुर्घटना भएका थिए । यती एयरको जहाज कास्कीमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । सिम्रिक एयरको जहाज संखुवासभामा दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भए । त्यस्तै, सन् २०२२ मे २९ मा तारा एयरको जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाए ।
सन् २०१९ मा दुई वटा जहाज दुर्घटनामा परे । फेब्रअरी २७ मा डायानास्टी एयर र अप्रिल १७ मा समिट एयरको जहाज दुर्घटना हुँदा क्रमशस् सात र तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसको अघिल्लो वर्ष सन् २०१८ मा युएस बंगला एयरलाइन्सको जहाज काठमाडौँमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो भने अल्टिच्युडको जहाज नुवाकोटमा खस्दा सात जनाले ज्यान गुमाएका थिए ।
सन् २०१७ मा समिट एयरकै अर्को जहाज सोलुखुम्बुमा दुर्घटना भयो । उक्त दुर्घटनामा सात जनाको निधन भएको थियो । सन् २०१६ मा काष्ठमण्डप र ताराको दुई जहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु भयो ।
सन् २०१५ को जुन २ मा सिन्धुपाल्चोकमा र मे १५ मा दोलखामा गरी दुई जहाज दुर्घटना भए । त्यतिबेला १७ जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा नेपाल एयरलाइन्सको जहाज कास्की दुर्घटना हुँदा १४ जनाको निधन भयो ।
त्यस्तै सन् २०१३ मा तीन वटा जहाज दुर्घटना भएका थिए । अग्नि डोर्नियरको जहाज मुस्ताङमा, सीता एयरको जहाज काठमाडौँमा र बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना हुँदा क्रमशस् १५, १९, १९ जनाको ज्यान गयो ।
सन् २०११ को वर्ष भने कुनै जहाज दुर्घटना भएन । सन् २०१० मा अग्नि र तार एयरका एक(एक वटा जहाज दुर्घटना हुँदा ३४ जनाको मृत्यु भयो ।
सन् २००८ मा यतीको जहाज सोलुमा दुर्घटना हुँदा १८ जना, सन् २००६ मा श्री एयरको र यतीकै जहाज दुर्घटनामा नौ(नौ जनाले ज्यान गुमाउनुपर्यो ।
सन् २००३ अगस्ट २२ मा सांग्रीला एयरको जहाज कास्कीमा खस्दा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसअघि सन् २००१ मा फिस्टेलको जहाज सुर्खेतमा दुर्घटना हुँदा ६ र सन् २००१ मा नेपाल एयरलाइन्सको जहाज डडेल्धुरामा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल